दफा २५
आयोग, आयुक्त वा आयोगका कर्मचारीका विरूद्ध मुद्दा नचल्ने
आयोगले वा आयोगको कुनै आयुक्त वा कर्मचारीले वा आयोगद्वारा खटाइएको वा अधिकार प्रत्यायोजन गरेको कुनै कर्मचारी वा कार्यालयले यस ऐन अन्तर्गत असल नियतले गरेको कुनै काम कारवाईको सम्बन्धमा कुनै अदालतमा मुद्दा चलाइने छैन ।